सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
१ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज नेप्स ४.४५ अंकले बढेर २८२४.९० को बिन्दुमा बन्द भएको छ । यस दिन १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ । यस दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो । आज ग्रिन लाइफ हाइड्रोको सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे८१ करोडको सेयर कारोबार भएको हो । यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १५:१९










