आइतबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज नेप्स ४.४५ अंकले बढेर २८२४.९० को बिन्दुमा बन्द भएको छ । यस दिन १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ । यस दिन ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो । आज ग्रिन लाइफ हाइड्रोको सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे८१ करोडको सेयर कारोबार भएको हो । त्यस्तै, यस दिन रिडि पावर, नेशनल हाइड्रो, हिमाल दोलाखा र राधी विद्युतको सेयर सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १५:११










