६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

१ चैत, काठमाडौं ।  श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।  आज धरानमा बसेको बैठकले नाम तय गरी निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका अध्यक्ष हर्क साम्पाङले जानकारी दिनुभयो ।

पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा पठाइसकिएको पार्टीले बताएको छ।

प्रकाशित मिति : March 15, 2026 at 2:49 pm