२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

रास्वपाले समानुपातिक निर्वाचन प्राणालीबाट निर्वाचित हुने ५७ जना सांसद छान्यो

१ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले ५७ जनाको नाम चयन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार क्लस्टर अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिततर्फ ८, मुस्लिमतर्फ ३, मधेसीतर्फ ९ र थारू क्लस्टरतर्फ ४ जनाको नाम चयन गरिएको छ। चयन गरिएकामध्ये ४८ जना महिला रहेका छन्।

निर्णयअनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले बताए। आयोगले नामावली रुजु गरेपछि आधिकारिक रूपमा सार्वजनिक गर्ने जनाइएको छ।

प्रकाशित मिति : 13:33