२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

राष्ट्र बैंकले गर्यो सुविधा मनि चेन्जरको इजाजतपत्र रद्द, यस्तो छ कारण

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुविधा मनि चेन्जरको लाइसेन्स खारेज गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स खारेज गरिएको जानकारी दिएको हो।

बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरको राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरेको केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित मिति : March 15, 2026 at 11:59 am