२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

१ चैत्र, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। यही चैत २७ गते शुक्रबार काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो ३ बजेदेखि सुरू हुने गरी कम्पनीले दोस्रो वार्षिक साधारणसभा बोलाएको हाे।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन तथा कुनै फेरबदलको लागि नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएको खण्डमा सोही बमोजिम आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

प्रकाशित मिति : March 15, 2026 at 11:28 am