सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
१ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।
यस दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँ घटेर प्रतितोला ५ हजार २७० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार ११:०७










