१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

प्रि ओपन सेसनमा करिब साढे ४ अंकले बढ्यो नेप्से

१ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.४४ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १०२ स्टकको २९८ पटकको कारोबारमा १ करोड ४२ लाख ९२ हजार ९८४ रुपैयाँ ३० पैसाबराबरको ४३ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १०:५९