११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कतिमा भयो सोलु हाइड्रोपावरको पहिलो कारोबार ?

१ चैत, काठमाडौं । सोलु हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओसन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएको हो। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर गत फागुन २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ८ करोड कित्ता सेयर गरी कुल १० करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : March 15, 2026 at 10:56 am