१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

सानिमा जिआईसीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१ चैत, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। फागुन २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १०:५०