२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

ओलीको सचिवालयले प्रयोग गर्ने फेसबुकको नक्कली पात्रबारे योगेशले उठाए प्रश्न

१ चैत, काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले सरू शर्मा नामको नक्कली फेसबुक खाताको प्रयोग गरी पार्टीका नेताहरूकोविरूद्धमा अनर्गल लान्छना लगाउने काममा प्रश्न उठाउनुभएको छ ।

आइतबार बिहान फेसबुक मार्फत उहाँले भन्नुभएको छ, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ । यस बीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।’

उपमहासचिव भट्टराईले भन्नुभएको छ, ‘पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुन: आर्जन गर्नु हामी सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार हो । यसका लागि उपयुक्त समयमा उपयुक्त बिधी र स्थापित प्रक्रिया मार्फ़त तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ । Misinformation, Disinformation र Hait speech बन्द गरौ । फेरी पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौ ।’

अध्यक्ष ओली निकट स्रोतका अनुसार यक्त नक्कली फेसबुक खाता उहाँकै सचिवालयमा कार्यरतहरूले प्रयोग गर्ने गरेका छन । जुन खातामा ओली निकटै नेताहरू साथी भनेर र फलो गरेर सूचना आदानप्रदान गरिरहेका छन ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार ०९:३८