पिताको किरियामा रहेका केपी ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक
३० फागुन, काठमाडौँ । पिताको किरियामा रहेका केपी शर्मा ओलीलेको अध्यक्षतामा नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । भक्तपुरको गुण्डुमा रहेको ओली निवासमा एमालेको बैठक सुरू भएको हो । निर्वाचन आयोगको पत्र अनुसार समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचित हुने एमालेको सांसदको सिफारिसका लागि बैठक बसेको हो ।

बैठकले समानुपातिकको सांसद सिफारिसको अलवा केही एमालेको नेताको निधन र ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा शोक प्रस्ताव पनि पारित गर्नेछ । तस्बिरः दिनेश भण्डारी, ओलीको सचिवालय

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार १४:१८










