२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

कांग्रेसले अनुशासन उल्लघंनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

२९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लघंनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।

अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार २०:१६