बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो। यसका लागि चैत १ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ करोड करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो । यो लगानी सन् २०२६ मार्च १९ देखि २०२७ मार्च १९ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १२:३८










