पिताको निधनपछि पत्नीसहित अस्पतालमा अध्यक्ष ओली (तस्बिरहरू)
२९ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली पिताको निधनपछि पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुग्नुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १०:३६










