सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, सेयरधनीको हात खाली !
२९ फागुन, काठमाडौं । सानिमा माई हाइड्रोपावरले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार १४औं वार्षिक साधारणसभा बोलाएको हो।
उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै लाभांश वितरण नगर्ने र वार्षिक साधारणसभा प्रयोजनका लागि चैत १२ गते एक दिन बूक क्लोज गर्ने निर्णय गरेकाे छ । कम्पनीले साधारणसभा बस्ने स्थान र समय सहित सभामा प्रस्तुत गरिने विषयहरूबारे भने हाल केही खुलाएको छैन।
प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १०:१०










