२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

२९ फागुन, काठमाडौं । महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएको पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाउनुभएको हो ।

पुनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। पुनले मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामग्री खरिदमा २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ०९:५३