२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

सर्वसाधारणलाई नेपाल रि इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२९ फागुन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्योरेन्सको स्वामित्वमा रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले कुल २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । उक्त संस्थापक सेयर खरिद गर्न चाहाने जो कोही आवेदकले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य राखेर चैत ५ गदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई सेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले कम्पनीले जो कोहीले आवेदन दिन पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक आवेदकले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । इच्छुक आवेदकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौमा बोलपत्र फाराम भरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ०९:१७