एमालेको चुनावी समिक्षासँगै ढलेका पूर्व सांसद कृष्ण थापाको निधन
२८ फागुन, काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ । प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्चीमा बस्दाबस्दै थापालाई हृदयघात भएको र उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उहाँलाई मृत घोषणा गरेको हो ।

उहाँ २०५४ सालमा पोखराको मेयर निर्वाचित हुनुभएको थियो ।२०७४ सालमा उहाँ गण्डकी प्रदेश सभा सदस्य हुनुहुन्थो भने २०७९ मा पोखराको मेयर पदको निर्वाचनमा पराजित हुनुभएको थियो ।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १६:१६










