यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा पुगेको छ। बिहीबार ३५५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँ र कुमारी बैंकको साढे ४४ करोड रुपैयाँकाे कारोबार भएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १५:२१










