२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

नेप्सेमा दोहोरो अंकको सुधार, १४ अर्ब ५५ करोडको कारोबार

२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से २३.८७ अंकले बढेर २८२०.४४ को विन्दुमा पुगेको छ। बिहीबार  ३५५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनङ मिल्स र नेशनल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १५:१८