हिन्दू राष्ट्र बनाउन तयार भए रास्वपालाई राप्रपाले दुई तिहाइ पुर्याउन सहयोग गर्छः कमल थापा
२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि आफ्ना सांसदले सहयोग गर्ने बताउनुभएकाे छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुर्याउनका लागि रास्वपासँग शर्त राख्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ । यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’

प्रकाशित मिति : 14:52









