नेप्सेमा सोलु हाइड्रोपावरकाे आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
२८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १०० रुपैयाँ अंकित मूल्य दरको कुल १० करोड कित्ता सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात् ८ करोड कित्ता संस्थापक सेयरधनीहरुले लगानी गरेको र २० प्रतिशत अर्थात् २ करोड कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको गरी कुल १० करोड कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिएको छ। सोही रेञ्जभित्र रहेर अब आइतबारदेखि कम्पनीको पहिलो कारोबार हुने छ।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १४:१६










