२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

निर्वाचन आयोगद्वारा धनुषा १ मा मातृका यादवलाई निर्वाचित भएको घोषणा

२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ । उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

रास्वपाका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकाले उहाँको उम्मेदवारी खारेजीको निर्णयसँगै आयोगले मत परिणाम सार्वजनिक गरेको थिएन ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १३:०५