२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

केपी ओली र पञ्चायतको तुलना गर्दै एमाले नेताले सम्झिए ‘सबै ठीक छ, महाराज’

२८ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता बासुदेव घिमिरेले पञ्चायतसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीको तुलना गर्नुभएको छ । एमाले छाडेर रास्वपाबाट चुनाव लड्ने तयारी गरिरहँदा पार्टी उपाध्यक्ष विष्णु पौडेलसहितको घण्टौ लामो वार्ताबाट एमालेमै रोकिनुभएको घिमिरेले बिहीबार फेसबुक मार्फत पञ्चायत र ओलीको तुलना गर्दै त्यस समय पञ्चहरूले रटानको स्मरण गर्नुभएको छ ।

उहाँले त्यस समय पञ्चहरूले ‘सबै ठीक छ, महाराज’ भन्ने गरेको भन्दै पार्टीका हसवादी कार्यकर्ता माथि व्यंग्य समेत गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरूको रटान उही— ‘सबै ठीक छ, महाराज।’  घिमिरे उपाध्यक्ष पौडेलको कोटामा एमाले केन्द्रीय सदस्य मनोनित हुने शर्तमा एमालेमै फर्किने बताइएको थियो । तर उहाँले फेबसुकमा गरेको आलोचना र व्यंग्य हेर्दा केन्द्रीय सदस्यको माया मारेको जस्तो देखिन्छ ।

यता पौडेल स्वयंले एमाले पुनर्गठननको अभियान चलाउने घोषणा फेसबुकबाटै गर्नुभएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १३:०९