२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

सोविता गौतमको निर्वाचन खर्च ९ लाख ९३ हजार

२८ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेस गर्नुभएकाे छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उहाँले निर्वाचन खर्चको विवरण बुझाउनुभएकाे हाे ।

पेस गरिएको विवरणअनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको छ। प्रचार–प्रसार सामग्रीमा २ लाख ९६ हजार ८ सय रुपैयाँ, मतदाता प्रशिक्षणका लागि १ दिनमा २० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

त्यस्तै नमूना मतपत्र तथा घोषणा पत्र छपाइमा ६८ हजार २ सय रुपैयाँ, २८ वडामा गरिएको वडा स्तरीय प्रचार–प्रसारमा १ लाख ८ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

सवारी साधन तथा चालक व्यवस्थापनमा १५ दिनका लागि ३ लाख २५ हजार रुपैयाँ, सचिवालय प्रयोजनका स्टेसनरीमा २३ हजार ४ सय ४५ रुपैयाँ र खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।उक्त विवरणअनुसार निर्वाचनमा गरिएको कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार ११:५८