२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारवाही, तिरायो ५० लाख जरिवाना

२८ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई कारवाही गरी जरिवाना तिराएको छ।

बोर्डले काठमाडौंको ज्ञानेश्वरस्थित सिप्ला सेक्यूरिटिज लिमिटेड, काठमाडौंको डिल्लीबजारस्थित श्री कृष्ण सेक्यूरिटिज लिमिटेड र काठमाडौंकै नक्सालस्थित हातेमालो फाइनान्सियल सर्भिसेज् प्राइभेट लिमिटेडलाई कारवाही गरेको हो।

बोर्डले ती ब्रोकर कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना तिराएको हो।  त्यस्तै अन्य दुइ कम्पनीलाई भने ३०–३० लाख रुपैयाँ जरिवाना तिराएकाे छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार ११:३१