सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२८ फागुन, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार ११:०६










