प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से
२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.४८ अंकले बढेर २८००.०५ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६३ स्टकको १४० पटकको कारोबारमा ६ करोड ९१ लाख १५ हजार ३३६ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६० हजार ४९८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १०:५७










