२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

६ अर्ब ६४ करोडको साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

२८ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ अर्ब बढीको साधारण सेयर निष्काशनको अनुमति दिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म धितोपत्र बोर्डले ६ अर्ब ६४ करोड बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

सो अवधिमा धितोपत्र बोर्डले १३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, २० करोडको डिबेन्चर र ५ करोडको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १०:११