नेप्सेमा ७ अर्ब ४९ करोड बराबरको बोनस सेयर सूचिकृत
२८ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब बढीकाे बोनस सेयर सूचिकृत भएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सात महिनामा नेप्सेमा ७ अर्ब ४९ करोड बराबरको बोनस सेयर सूचिकृत भएकाे हाे ।
साे अवधिमा नेप्सेमा २१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ९२ करोड ५० लाख बराबरको एफपीओ र २ करोड २९ लाख बराबरको अन्य गरी कुल ५० अर्ब ९४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार ०९:५५










