भूगोल इनर्जी डेभलपमेन्टको सेयर लकइन अवधि वैशाखमा सकिँदै
२७ फागुन, काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरको लकइन अवधि आगामी वैशाखमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३९ लाख १२ हजार ७८७ कित्ता सेयरको लकइन अवधि वैशाख २ गते समााप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता सेयर, स्थानीय बासिन्दाहरुको ८५ हजार २० कित्ता सेयर र कर्मचारीहरुको १९ हजार ४२० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १६:३२










