२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

नेप्सेमा होटल फरेष्ट इनको आइपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

२७ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ४० लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ६० लाख कित्ता गरी कुल २ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा बिहिबारदेखि कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १६:१९