१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

एमाले महासचिव शंकर पोखरेलको चुनावी खर्च साढे १७ लाख

२७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गर्नुभएको छ । आयोगको कार्यालयमा बुझाएको खर्च विवरण महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।

पोखरेलले मतदाता नामावली खरिद बापत ५० हजार खर्च गर्नुभएको विवरण उल्लेख छ । त्यस्तै, सवारीसाधनका लागि ३ लाख ५० हजार, सवारी इन्धनका लागि ३ लाख, प्रचारप्रसार, ढुवानी र गोष्ठीका लागि ४ लाख ५० हजार खर्च भएको छ ।

साथै, अन्य प्रचारका लागि २ लाख, कार्यालय संचालन गर्न एक लाख ५० हजार, प्रतिनिधि परिचालन गर्न एक लाख र विविध विषयका लागि एक लाख ५० हजार खर्च भएको विवरण उल्लेख छ ।

प्रकाशित मिति : 15:51