निरन्तर दोस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
२७ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । कालिका पावर कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक ८.४७ प्रतिशत घटेको छ।
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १५:२६










