२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

२७ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, यस दिननेशनल हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य ९.९६ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३३ प्रतिशत, रिडी पावर कम्पनीको सेयर मूल्य ५.७२ प्रतिशत, कुमारी सवल योजनाको सेयर मूल्य ५.१८ प्रतिशत रहेकाे छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १५:२२