२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२७ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से ४६.७८ अकंले घटेर २७९६.५७ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड २९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको ४९ करोड ५७ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १५:१३