२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

ग्रीनलाइफ हाइड्रोपावरले कमायो १ करोड ८८ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

२७ फागुन, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सो अवधिसम्म १ करोड ८८ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २४.७४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ५० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

याे अवधिमा कम्पनीको आम्दानी ७.३५ प्रतिशतले बढेर ५ करोड २६ लाख ४२ हजार पुगेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको आम्दानी ४ करोड ९० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) १.६७ रुपैयाँबाट बढेर २.०९ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ १०८.१९ रुपैयाँबाट बढेर ११०.७७ रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीकाे तरलता अनुपात ०.१४ प्रतिशतबाट ०.०३ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १०:३५