२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

शिखर पावरको आइपीओमा साढे १६ गुणा बढी आवेदन, सेयर पाउन भाग्यमै भर !

२६ फागुन, काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आज अन्तिम दिनसम्म मागभन्दा साढे १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २७ लाख ६५ हजार ९४८ जनाले ३ अर्ब ७ करोड ३३ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३३ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् ।  जुन मागभन्दा १६.६८ गुणा बढी आवेदन हो ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।  गोलाप्रथाबाट बाँडफाँड गर्दा लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । भने २५ लाख ८१ हजार भन्दा बढीको हात खाली हुने छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १७:४०