२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

नेप्सेमा भारी अंकको गिरावट, साढे २१ अर्बको कारोबार

२६ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ को विन्दुमा कायम भएको हो । मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ५ कम्पनीको भने स्थिर रहेको छ ।

आज  ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १ अर्ब ९ करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १५:२३