२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

आज ङादी ग्रुपसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२६ फागुन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ को विन्दुमा कायम भएको हो । मंगलबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । ५ कम्पनीको भने स्थिर रहेको छ ।

आज  ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १ अर्ब ९ करोड ३५ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै,  आँखुखोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख ३८ हजार रुपैयाँ, अपि पावरको ६१ करोड ६८ लाख, रिडि पावरको ५९ करोड रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १५:१७