२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने, कुनको कति ?

२६ फागुन, काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । नेपाला धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

त्यस्तै, सानीगड हाइड्रो अंकित मूल्य १०० रुपैयाँ दरमा ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको लागि लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १४:२६