जागिरको खोजीमा हुनुहुन्छ ? इन्फिनिटी लघुवित्तमामा रोजगारीको अवसर
२६ फागुन, काठमाडाैं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा विस्तारसँगै योग्यता पुगेको नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।
लघुवित्त ले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेकाे हाे । सहायक पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई लघुवित्त क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव आवश्यक हुनेछ । त्यसैगरी कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कम्तीमा एसईई/एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । सवारी साधन चलाउन सक्ने तथा चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
उमेर हद सहायक श्रेणीका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५ वर्ष थप हुने व्यवस्था गरिएको छ। योग्य तथा इच्छुक व्यक्तिले संस्थाको वेबसाइट मार्फत चैत १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।
प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १०:३८










