इलाम-१ मा कांग्रेसका निस्कल राई विजयी
२५ फागुन, काठमाडौं । इलाम-१ मा नेपाली कांग्रेसका निस्कल राईले विजयी हुनुभएको छ । राईले १४ हजार ५ सय ४३ मत ल्याएर विजयी हुनभएको हो ।
श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याउनुभएको छ । यस्तै एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० र नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत ल्याउनुभएको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १६:४३










