राष्ट्रिय सभाका १८ जना सांसदले लिए शपथ
२५ फागुन, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिनुभएको छ। उहाँहरू आज सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहहरूलाई शपथ गराउनुभएकाे हाे । माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद छानिनु भएकाे थियाे ।
माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल भएको थियो । सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित हुनुभएकाे थियाे ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित हुनुभएको थियो । बागमती प्रदेशबाट गीता देवकोटा र डा। प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको थियो ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १५:०८










