श्रम संस्कृति पार्टीले समानुपातिकमा कटायाे ३ लाख मत
२५ फागुन, काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको ३ लाख ८ हजार ६५६ मत पुगेको छ ।
समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ । श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा एमालेको १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत ल्याएका छन् ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १४:१६










