२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

साेमबार यी कम्पनीहरुको भयो सर्वाधिक काराेबार

२५ फागुन, काठमाडौं । निर्वाचन पछिको पहिरो कारोबारको दिन सेयर बजार तेस्रो पटक सर्किट ब्रेक भएर बन्द भएको छ । आज नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ को विन्दुमा पुगेकाे छ । आज २६१ कम्पनीको ११ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, यस दिन शिवम् सिमेन्टको २ करोड ८९ लाख रुपैयाँ, एसवाई प्यानलको २ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १२:१८