२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

संखुवासभामा एमालेको अग्रता कायमै, पछ्याउँदै रास्वपा

२५ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत संखुवासभाको जारी मत गणनामा नेकपा एमालेले सुरूदेखि नै अग्रता लिइरहेको छ।एमाले उम्मेदवार अर्जुनकुमार कार्कीले ११ हजार ७६९ मत ल्याउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले १० हजार ७६६ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ। तेस्रो स्थानमा रहनुभएका दिपनकुमार श्रेष्ठले ८ हजार ९९८ मत ल्याउनुभएको छ भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले ७ हजार २२० मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:५७