नेप्सेमा लाग्यो दोस्राे सर्किट, ४० मिनेटका लागि कारोबार बन्द
२५ फागुन, काठमाडौं । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा उच्च मनोबल देखिएको छ । सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि खुलेको बजारमा पनि उछाल आएसँगै फेरि एक मिनेटमै अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले नेप्से बढेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । साे अवधिसम्ममा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेकाे छ । याे अवधिमा २४७ कम्पनीकाे २ हजार ३०८ पटककाे काराेबारमा २८ कराेड ५१ लाख २५ हजार रूपैयाँबराबरकाे ५ लाख ३५ हजार कित्ता सेयर काराेबार भएकाे छ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:२७










