२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

एक मिनेटमै २२६ कम्पनीको कारोबार, रिलायन्सकाे मूल्य भने घट्याे

२५ फागुन, काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेर सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

यो क्रममा २२६ कम्पनीको सेयर खरीदबिक्रीमा आएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढ्यो । भने रिलायन्स स्पिनिंग मिल्सकाे सेयर मूल्य भने घटेकाे छ । रिलायन्सको मूल्य १.४९ प्रतिशतले घटी ६७५ रुपैयाँमा सीमित बन्न पुगेको हो ।

 याे अवधिमा सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर खरीदबिक्री भएको देखिएको छ । अरुण भ्याली हाइडोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:२०